मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

केन्द्रभाग मिडिया

काठमाडौं ।

८ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा प्रतिष्पर्धीलाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अदातलले अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी ऐनअनुसारको कसूरमा अनुसन्धानका लागि थप एक साता हिरासतमा राख्न अनुमति दिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पाण्डेलाई उपत्यका आपराध अनुसन्धान कार्यालयले ७ जेठामा स्वयम्भुबाट पक्राउ गरेको थियो । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए । यही प्रतियोगिताकी एक प्रतिष्पर्धीलाई बानेश्वरको एभरेष्ट होटलमा उनले बलात्कार गरेको आरोप छ ।

लठ्ठिने औषधि मिसाएर ‘लेमनेड’ खुवाएर उनले बलात्कार गरेको पीडितको आरोप छ । बलात्कार गरेको तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गरेको पनि पिडीतले बताएकी छन् । उनले पाण्डेबाट यौन हिंसामा गरेको भन्दै ४ जेठमा २० वटा भिडियो क्लीप सार्वजनिक गरेकी थिइन् ।

  • १६ जेष्ठ २०७९, सोमबार १४:३५ प्रकाशित