काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र (बालेन) साहले पहिलो निर्णय गरेका छन् ।
आज सोमबार पदभार ग्रहण गर्दै नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् ।निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक आजै दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
पदभार ग्रहणपछि उनले आफूले महानगरपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
ु