विमान दुर्घटना अपडेट : मृतकको शव सिधै काठमाडौं लगिने

केन्द्रभाग मिडिया

 

तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं लगिने भएको छ । दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी रहेको छ ।

चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतिविक्षत अवस्थामा आज बिहान गोठालाले भेटाएका हुन् ।
यार्सागुम्बा टिप्न गएका स्थानीयले दुर्घटनाग्रस्त जहाजको तस्बिर खिचेर पठाएका थिए ।

हाल सम्म १४ जनाको शव भेटिएको शव संकलनमा संलग्न स्थानीयहरुले जनाएका छन् ।

 

  • १६ जेष्ठ २०७९, सोमबार १०:३८ प्रकाशित