काठमाडौं।
सरकारले अब फर्म भरेको एक महिनामै सवारी लाइसेन्स उपलब्ध गराउने भएको छ ।
सवारी चालक अनुमतिपत्रको प्रणालीमा सुधार गर्दै फर्म भरेको एक महिनाभित्र परीक्षा संचालन गरी प्रदेश सरकारमार्फत लाइसेन्स वितरण गरिने व्यवस्था मिलाइने भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि स्मार्ट लाइसेन्सका लागि व्यवस्थित बनाउन एक महिनाभित्र लाइसेन्स वितरण हुने गरी व्यवस्था मिलाइने उल्लेख गरेका थिए ।
यसका लागि विभागले प्रदेश सरकारको मातहतबाट लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ।प्रदेश सरकारमार्फत लाइसेन्स वितरण गर्न आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताएका छन् ।