कक्षा १२ को परीक्षा आजदेखि

केन्द्रभाग मिडिया

काठमाडौं ।

कक्षा १२ को परीक्षा आज (सोमबार) देखि शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा शुरु भएको जनाएको छ ।

बिहान ८ बजेदेखि परीक्षा शुरु भएको छ। बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ हजार परीक्षार्थी रहेका छन् । परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

यस पटक पनि परीक्षा शुरु हुनुभन्दा आधा घण्टाअघि अनलाइनबाट प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्रमा पठाइएको बोर्डले जनाएको छ ।

  • १६ जेष्ठ २०७९, सोमबार ०८:४७ प्रकाशित