हराइरहेको जहाजको खोजी कार्य आजलाई स्थगित

केन्द्रभाग मिडिया

पोखरा।

सम्पर्कविहीन भएको तारा एयरको आइतबारको खोजी कार्यलाई स्थगित गरिएको छ । प्रतिकुल मौसमका कारण खोजी कार्य रोकिएको नेपाली सेनाले जनाएको छ ।

खोजी कार्य दिनभरी चले पनि खराब मौसमका कारण आइतबार जहाज खोज्ने कार्य सफल हुन सकेन ।

सैनिक प्रवक्ता नारायण सिलवालले बताए सोमबार बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुनेछ बताएका छन् । सडक मार्ग हुदैँ खोजि कार्यमा खटिएको सेनाको टोली जोमसोम फर्केको छ । पोखराबाट गएको हवाई टोली पनि अहिले जोमसोममा छ ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज १०ः११ बजेदेखि सम्पर्कविहीन छ । जहाजमा १६ नेपाली, २ जर्मनी र ४ भारतीय नागरिक सवार थिए ।

  • १५ जेष्ठ २०७९, आईतवार १९:३७ प्रकाशित