पोखरा १४ का अध्यक्ष कार्कीका ७ निर्णय : सेकेण्डमा कुरा सुन्ने, मिनेटमा काम गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा १४ का नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार पदभार ग्रहण गरेका छन् । वडाध्यक्ष बोध बहादुर कार्कीले पदभारपछि ७ वटा निर्णय गरेका छन् ।

कार्कीले वडाको प्रशासनिक भवन निर्माण, वडा सरसफाई कार्यक्रम चलाउने, सरकारी सुविधा वापतको रकम विपन्न वर्गका बालबालिकालाई छात्रबृद्धि प्रदान गर्ने सुत्केरी पोषण कार्यक्रम, वडाको मुख्य बाटो मर्मत सम्भार, गरिब बस्ति, मुख्य चोक र वडा कार्यालयमा फ्रि वाइफाइ, अव्यवस्थित बसोवासीलाई बसोवास गरेको जग्गाको निस्सा दिने निर्णय गरेका छन् ।

उनले वडालाई स्मार्ट वडा बनाउने पनि बताए । वडावासीको सहयोग लिएर विकास निर्माणमा गर्ने ढिलासुस्ति र भ्रष्टचारलाई निर्मुल पार्ने उनको प्रतिवद्धा छ ।

जनमतलाई खेर जाने नदिने गरि आफ्नो टिम पूर्ण रुपमा जनताको काममा समर्पीत हुने कार्कीले बताए । अन्तराष्ट्र्रिय विमानस्थलले यस क्षेत्रको विकासमा सहयोग नगरेको भन्दै उनले राष्ट्रिय गौरवको आयोजनाले वडावासीलाई दुखः दिएको उनले बताए । यहाँका जनताका समस्या नसुने विमानस्थलको तारबार तोड्न पनि पछि नपर्ने उनले चेतावनी दिए ।

  • १३ जेष्ठ २०७९, शुक्रबार १९:३१ प्रकाशित