पोखरा ।
पोखरा महानगर वडानम्बर २८ मा निर्वाचित जनप्रतिनिधिले बिहिबार पदभार ग्रहण गरेका छन् । पोखरा सभागृहमा मेयर धनराज आचार्यबाट सपथ ग्रहण गरे पछि वडा कार्यालय कालिकामा पुगि वडानम्बर २८ का जनप्रतिनिधिले पदभार सम्हालेका हुन् ।
बैशाख ३० गते सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका श्रीकृष्ण लामिछाने विजयी भएका थिए । उनको टिमबाट कमल थापा, डाल्ला देवी भुजेल, इन्द्रकला विक सदस्यमा विजयी भएका थिए । भने, नेकपा एमालेको तर्फबाट विरेन्द्र भण्डारी वडासदस्यमा विजयी भएका थिए ।
पदभार ग्रहण गदैँ अध्यक्ष श्रीकृष्ण लामिछानेले निर्वाचनको समयमा राजनीतिक दलको प्रतिनिधि भएर लागे पनि निर्वाचित भए सबैको साझा हुने बताए । लामिछानेले पाचँ वर्षसम्म सबैको साझा भएर काम गर्ने प्रतिवद्धता गरे ।
अध्यक्ष लामिछानेले पदभार ग्रहण गरेकै दिन तीन वटा निर्णय गरेका छन् । बृद्धभत्ता टोल टोलबाट बाड्ने, विरामी भएर हिडडुल गर्न नसक्ने, अरुको साहारा लिने विरामीलाई आर्थिक राहात उपलब्ध गराउने र माझठानामा वडाको सेवा केन्द्र स्थापना गर्ने निर्णय भएको छ ।
कालिकामा रहेको वडा कार्यालय पूर्वी भेगका जनतालाई असहज भएकाले माझठानामा पनि वडा कार्यालयको सेवा दिने गरि सेवा केन्द्र राख्ने निर्णय गरिएको उनले बताए ।
पदभार ग्रहण कार्यक्रममा वडाका निर्वतमान जनप्रतिनिधिलाई विदाई कार्यक्रम पनि सगै राखिएको थियो । निर्वातमान वडाध्यक्ष निर्मल दियाली, विण्णु तिवारी, अम्बिका बुडाथोकी र कल्पना परियारलाई विदाई गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसीले जनताको भावनामा ठेस नपुग्ने गरी इमान्दार भएर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।
यस्तै कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिले पनि नवनिर्वाचित वडाध्यक्ष र सदस्यहरुलाई सफल कार्याकालको शुभकामना दिएका थिए ।














