पोखरा ।
पोखरा महानगरकमा नवनिर्वाचित मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले पदस्थापन गरेका छन् । पदस्थापनको पहिलो दिन मेयर आचार्यले तीन वटा निर्णयमा हस्ताक्षर गरेका छन् ।
न्यून आए भएका परिवारका बालबालिकालाई प्रोत्साहन वापत पोषण भत्ता दिने, पोखराको परिचय दिने पोखरा स्मारक को डिजाई बनाउन प्रस्ताव आव्ह्वान गर्ने र पोखरालाई पर्यटकिय रजधानी धोषणा गर्न संघिय सरकारलाई सिफारीस गर्ने निर्णय आचार्यले निर्णय गरेका छन् ।
निर्णय अनुसार व्यक्तीगत घटना दर्ता कार्यलाई सहज र सर्वशुलभ बनाई न्यून आय भएका परिवारका बालबालिकालाई आगामी आर्थिक वर्षदेखि पोषण भत्ता उपलब्ध हुनेछ ।
वडा कार्यालयको सिफारिसको आधारमा भत्ता दिने उनले बताए । आगामी बजेटमा यस वारे घोषणा हुनेछ । पोखराको मौलिक पहिचान झल्किने पोखरा स्मारकको थ्रीडी सहितको डिजाइन पेश गर्ने र छनोट भएको उत्कृष्ट डिजाइनलाई २ लाख पुरस्मकार दिइने मेयर आचार्यले बताए ।
३० वैशाखको निर्वाचनमा एमालेका कृष्णबहादुर थापालाई हराएर गठबन्धनबाट एकीकृत समाजवादीका आचार्य मेयर निर्वाचित भएका थिए ।
यस्तै उपमेय मञ्जुदेवी गुरुङले पनि सपथ ग्रहण लगत्तै पदभार ग्रहण गदैँ दुइवटा निर्णयमा हस्ताक्षर गरेकी छन् । गुरुङले महिला हिंसा विरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष सम–चेतना कार्यक्रम र अपाङग बालबालिकाहरुलाई शिक्षामा समान पहुँच स्थापित गर्ने कायक्रम निर्णयमा हस्ताक्षर गरेकी छिन् ।
महिला हिंसा विरुद्धको कार्यक्रमलाई उपमेयर गुरुङले अघिल्लो कार्यक्रममा पनि संचालन गरेकी थिइन् । यसलाई थप प्रभावकारी बनाउने उनको निर्णय छ ।