पोखराका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, वडाध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतसमेत रहेका कास्की अदालतका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले मेयर आचार्यलाई सपथ गराए ।

न्यायाधीश भट्टराईबाट सपथ लिएपछि प्रमुख आचार्यले उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराएका थिए । पोखराका जनप्रतिनिधिको सपथमा गण्डकीका मुख्यमन्त्री, मन्त्रीहरु तथा दलका नेताहरुको सहभागिता थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले पोखरा सभागृहमा घोषण सभा, प्रमाण पत्र वितरण तथा सपथग्रहण कार्याक्रमको आयोजना गरेको थियो ।

बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनबाट मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य गरि १६७ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

सपथ्रहण लगत्तै मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले वडानम्बर ५ मा रहेको पुष्पलाल पार्कमा रहेको कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको शालिकमा माल्यापर्ण गरेका छन् ।

त्यस्तै मेयर र उपमेयरले जिरो किलोमिटर र हल्लनचोकबिचको सडक डिभाइडरमा फुल रोपेका छन् । मेयर आचार्यले पोखरालाई फुलै फुलको सहर बनाउने उद्योष पनि गरे ।

सपथग्रहण कार्यक्रममा संक्षिप्त संबोधन गदै प्रमुख आचार्य र उपप्रमुख गुरुङले निर्वाचन प्रकृयामा जुन दलबाट आए पनि महानगरमा सबैको साझा भएर काम गर्ने अठोट गरे ।

  • १२ जेष्ठ २०७९, बिहीबार १७:०१ प्रकाशित