पोखरा महानगरमा पराजित कृष्ण थापा भन्छन् :: पार्टीलाई तहसनहस गर्ने गरी षड्यन्त्र भयो

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले पोखरामा स्थानीय तहको निर्वाचनमा अन्रघात गर्नेलाई कारवाही गर्नुपर्ने अवाज उठेको छ । महानगरमा विजयी उम्मेदवारलाई बधाई दिन आयोजना गरिएको कार्याक्रममा मेयरमा पराजित उम्मेदवार लगायतका नेताले अन्तरघातका कारण परिणाम उल्टिएको भन्दै अन्तरघातीलाई कारवाहीको माग गरेका हुन् ।

एमालेको तर्फबाट मेयरमा उम्मेदवार बनेका कृष्ण बहादुर थापाले कास्की जिल्लामा नै तहसनहस गर्ने गरी पार्टी भित्र षड्यन्त्र भएको बताए । निकै भावुक मुद्रामा देखिएका थापाले जुनसुकै पदमा भएको नेता भए पनि यो अपराध बाट ती नेताले पार नपाउने चेतावनी दिए । पार्टीका उम्मेदवार हराउन भूमिका खेल्नेको छिनोफानो र मुल्याङकन हुनुपर्ने थापाले बताए ।

एमाले पोखरा महानगर कमिटि अध्यक्ष दिलिप न्यौपानेले अन्तरघातको निर्मामता पूर्वक समिक्षा गर्नुपर्ने बताए । गल्ती गर्नेलाई ठिक ढंगले मुल्याङकन गर्ने नसके नेकपा एमाले अगाडी बढ्न नसक्ने बताए । हिलो छ्याप्ने भन्दा पनि जसले जाहा जे गल्ती गरेको छ त्यसलाई ठिक ढंगले सम्बोधन गर्नुपर्नै उनले बताए ।

पोखरा महानगरमा मेयर सहित बहुमत वडा गुमाएको एमालेमा अन्तरघातका कारण निर्वाचनमा पराजय भोग्नु परेको प्रारम्भिक निष्कर्ष निकालेको छ । एमालेमा अन्तरघात गर्नेलाई कारवाही गर्न कार्यकर्ता स्तरबाट समेत चर्को दवाव परेको छ ।

बुधबार निर्वाचित उपमेयर मञ्जुदेवी गुरुङसहित वडाध्यक्ष र सदस्यहरुलाई बधाई दिन आयोजना भएको कार्यक्रममा कार्यकर्ताले फ्लोरबाटै अन्तरघातीलाई कारवाही गर्न भन्दै नारा लगाएका थिए ।

एमाले नेता खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङबीचको आन्तरिक विवादको असर कास्कीको निर्वाचनमा परेको एमाले कास्कीका नेताहरुले बताउने गरेका छन् ।

२०७४ मा २२ वडा सहित मेयर र उपमेयर जितेको एमालेले बैशाख ३० गते सम्पन्न निर्वाचनमा मेयर गुमायो भने, उपमेयर सहित ९ वटा वडामात्र जितेको छ ।

  • ११ जेष्ठ २०७९, बुधबार १९:४५ प्रकाशित