पोखराको स्थगित मतगणना अझै सुरु भएन, मतगणना स्थल वाहिर नारावाजी

केन्द्रभाग मिडिया

पोखरा ।
मेयर र उपमेयरमा जीत सुनिश्चित भइसकेको पोखरामा स्थगित मतगणना अझै सुरु हुन सकेको छैन । ६ घण्टादेखि अवरुद्ध मत गणना सुचारु गराउन सर्वदलीय बैठक बसिरहेको छ ।

पोखरा १८ मा खसेको मत र गणना भएको मत समाज नभए पछि नेकपा एमालेले पुनः मतगणना गर्न माग गदैी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको छ । जडानम्बर १८ को मत पुनः मतगणना नभएसम्म कुनै पनि वडाको मतगणनामा सहभागी नजनाउने एमालेको अडान पछि मतगणना स्थगित भएको हो ।

वडानम्बर १८ मा नेपाली कांग्रेसका शिव तिमिल्सिना ३ मतान्तरले विजयी भएका छन् । खसेको मत मध्य ९ मत भेटिएको छैन । ४ हजार ३४८ मत खसेकोमा नेपाली कांग्रेसका तिमिल्सिनाले १ हजार ६४३ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका पुष्कलबहादुर थापाले १ हजार ६४० मत पाएका छन् ।

नेकपा एमालेका पोखरा महानगर अध्यक्ष दिलीप न्यौपानेले मतान्तर भन्दा खसेको मत धेरै भएकाले पुनः मतगणना हुनुपर्ने बताए ।
मतगणना स्थगित भए पछि गणना स्थल वाहिर भने गठबन्धनका कार्यकर्ताले मतगणना सूचारु गर्न माग गदै नारावाजी गरेका छन् ।

वडानम्बर १८ को विजयी जुलुस समेत निकाली सकेका कांग्रेस कार्यकर्ता बाजागाजा सहित सडक कब्जा गरेर बसेका छन् ।
गठबन्धनका मेयर पदका उम्मेदवार धनराज आचार्यको जित निश्चित भइसकेको छ भने, नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ पनि जित नजिक छिन् ।

आचार्यले ५७ हजार ७२ मत प्राप्त गरेका छन् भने, उपमेयरमा गुरुङले ५९ हजार ७० मत प्राप्त गरेकी छन् । मेयरमा एमालेका उम्मेदवार कृष्ण बहादुर थापाले ५१ हजार ५८७ मत पाएका छन् भने, उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५५ हजार ८० मत प्राप्त गरेकी छन् ।

३३ वडा रहेको पोखरामा २२ वटा वडा नेपाली कांग्रेस र ८ वटा वडा नेकपा एमालेले जितेको छ । वडानम्बर २२, ३२ र ३३ को मतगणना अन्तिम चरणमा पुगेर रोकिएको छ ।

  • १० जेष्ठ २०७९, मंगलवार १८:४१ प्रकाशित