काठमाडौं ।
हप्तैपिच्छे पेट्रोलको भाउ बढेपछि ट्याक्सी व्यवसायीले सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।
नेपाल राष्ट्रिय मिटर ट्याक्सी तथा चालक सेवा समाजले विज्ञप्ति निकाल्दै ट्याक्सी सेवा बन्द गर्ने चेतावनी दिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले हाल कायम रहेको भाडादरमा यात्रुलाई सेवा दिन नसकिने भएकाले बन्द गर्ने समाजले चेतावनी दिएको हो ।
समाजका अनुसार इन्धनमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन पनि माग गरेको छ ।