रेनुले भनिन्,‘यो मेरो अन्तिम कार्यकाल हो, एक सेकेन्ड खेर नफाली काम गर्छु ’

केन्द्रभाग मिडिया

चितवन ।

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित भएसँगै माओवादी केन्द्रकी रेनु दाहालले यो आफ्नो अन्तिम कार्यकाल भएको बताएकी छिन् ।

मंगलबार मतपरिणाम सार्वजनिक भएपछि उनले स्थानीय सरकार प्रमुखको रुपमा यो अन्तिम कार्यकाल हुने बताएकी हुन् ।

उनले भनिन्,‘यो मेरो अन्तिम कार्यकाल हो, स्थानीय तहको नेतृत्वको रुपमा अन्तिम पटकका लागि अवसर पाएको छु, एक सेकेन्ड पनि खेर नफालेर म दिलो ज्यानले आफ्नो क्षमताले भ्याएसम्म काम गर्नेछु ।’

उनले आफूले तीन देखि सात हजार मत अन्तरले जित्ने अनुमान गरे पनि धेरै भरतपुरबासीले विश्वास गरेर १२ हजार भन्दा बढी मत अन्तरले जिताएको बताइन् ।

  • १० जेष्ठ २०७९, मंगलवार १४:२० प्रकाशित