भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छिन् । रेनुले नेकपा एमालेका विजय सुवेदीलाई हराउँदै मेयरमा दोस्रो पटक निर्वाचित भएकी हुन् ।उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् ।
उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतले पछि पारिन् । सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् ।
यसैगरी सत्ता गठबन्धनबाट उपमेयरको उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले पराजित गरेका हुन्। अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भए । उनले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तरले हराए । हिमलाको पक्षमा ३० हजार ६१२ मत परेको छ ।














