पोखराको मेयरमा धनराजको जित सुनिश्चित : उपमेयरमा मञ्जु जित नजिक

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको मेयरमा धनराज आचार्यको जित निश्चित भएको छ ।

आचार्यले मतान्तर फराकिलो बनाउँदै जित सुनिश्चित गरेका हुन् । हालसम्म गणना भएको १ लाख ३८ हजार २ सय ११ मत गन्दा सत्तागठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले ५६ हजार ४ सय ७१ मत पाएका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८५ मत मात्रै पाए । अझै ५ हजार मत गन्‍न बाँकी छ ।उपमेयरमा भने एमालेकी मन्जु गुरुङ जित नजिक पुगेकी छिन् । उनले कांग्रेसकी कोपिला रानाभाटलाई ४ हजार ३५ मत अन्तरले पछि पारेकी छिन् । गुरुङले ५८ हजार ५ सय ८२ मत पाउँदा रानाभाटको पोल्टामा ५४ हजार ५ सय ४७ मत परेको छ ।

  • १० जेष्ठ २०७९, मंगलवार ०९:२९ प्रकाशित