भरतपुरमा माओवादीकी रेनु र कांग्रेसका चित्रसेनको जित सुनिश्चित

केन्द्रभाग मिडिया

चितवन ।

भरतपुर महानगरको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी जित सुनिश्चित भएको छ । विजय हुने सुनिश्चित भएसँगै रेनु दोस्रो कार्यकालका लागि दोहोरिने भएकी छिन् ।

पछिल्लो मत परिणाम अनुसार रेनुले ५२ हजार ३० मत पाएकी छन् । यसैगरी एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् ।

रेनुले १२ हजार ४४९ मतको अग्रता लिएकी छिन् । उनले लिएको मत अन्तर धेरै भएपछि उनको जित सुनिश्चित भएको हो ।

मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुँदै जित सुनिश्चित भएपछि माओवादी कार्यकर्ताहरुले विजय उत्सव मनाइरहेका छन् । मत गणनास्थल औद्योगिक प्रदर्शनी केन्द्र वरपर माओवादी कार्यकर्ताहरुको भिड बढ्दै गएको छ ।

यसैगरी उपमेयर तर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ । उनले ५२ हजार ८०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत पाएकी छन् ।

  • १० जेष्ठ २०७९, मंगलवार ०८:५३ प्रकाशित