पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा १७ को वडा अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल नै विजयी

पोखरा । पोखरा १७ को वडा अध्यक्षमा एमालेकी राधिकाकुमारी शाही विजयी भएकी छन् ।

उनले नेपाली काग्रेसका देवराज आचार्यलाई हराउदै पोखराका महानगरपालिकामा योपटक एक मात्र महिला वडा अध्यक्ष बन्न सफल भइन् ।

खुल्ला सदस्यमा नेकपा एमालेका विक्रम गुरुङ र शिवराम भण्डारी विजयी भए । त्यसै गरी महिला सदस्यमा विष्णुकुमारी थापा र दलित महिला सदस्यमा तारा परियार विजयी भएका छन् ।

  • ९ जेष्ठ २०७९, सोमबार १५:३६ प्रकाशित