पोखरा ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको आयल निगमले जनाएको छ ।
अब एक लिटर प्रेट्रोलको १८० रुपैयँ पर्नेछ भने मटिट्तेल र डिजेलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर क्ष्यनसका लागि १८०० रुपैयनँ पनेृछ ।
हवाई इन्धन (अन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिवेलमा ३ अर्ब ४० करोढ र एलपी ग्यासमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।