सिरहामा धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या

केन्द्रभाग मिडिया

सिरहा ।

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या भएको छ ।

घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सन्तकुमारको यहि ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह गीत गाएर १२ बजे सुतेका बाबुछोराको करिब २ बजे राति हत्या भएको बताइएको छ। राति करिव २ बजेसम्म गीत बजिरहेको थियो । विहानपख करिब २ बजेको आसपासमा घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घरको छुट्टाछुट्टै कोठामा बुबा र छोरा सुतेका थिए । उनीहरूको सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

  • ८ जेष्ठ २०७९, आईतवार १६:०६ प्रकाशित