चितवन ।
चितवनमा विद्युत सर्ट भई आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका वडा नं. १० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत भरतपुर ७ कटहरचोककी ३६ बर्षीया सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार आइतबार दिउँसो सवा १ बजे शिखर इन्स्योरेन्सको कार्यालयको बाहिर झुण्ड्याएको फ्लेक्स बोर्ड झिक्ने क्रममा सो दुर्घटना भएको हो ।
घटनामा भरतपुर महानगरपालिका वडा नं.७ का २२ वर्षका तरुण थापा घाइते भएको प्रहरीले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।