उदयपुर ।
उदयपुरमा आज आइतवार बिहान चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।
चट्याङ लागेर कटारी नगरपालिका ११ गोठडाँडाकी ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आफ्नै घरमा बसिरहेको अवस्थामा पानी परिरहेको बेला चट्याङ लाग्दा बुढाथोकी घाइते भएका थिए । बुढाथोकीलाई उपचारका लागि कटारी अस्पतालमा पुर्याएलगत्तै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।