बलात्कार आरोपितलाई कानुनी दायरामा ल्याउन सभामुखको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

केही दिनदेखी समाजिक सञ्जालमा भाइरल भइरहेको यौनहिंसा सम्बन्धि भिडियो संसदमा पनि चर्चा भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार गरिएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए ।

त्यसपछि सभामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।

सरकारलाई निर्देशन दिँदै सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरू, माननीय सदस्यले आफ्नो भनाइ राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसासम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

  • ६ जेष्ठ २०७९, शुक्रबार १६:२६ प्रकाशित