भरतपुरमा ३१ सय बढी मतले रेनु अगाडी : एमालेका विजयको मत कति ?मतसहित

केन्द्रभाग मिडिया

पोखरा ।

भरतपुरमा गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो मत अन्तरले अग्रता लिइरहेका छन् । रेनुले नेकपा एमालेका विजय सुवेदीलाई ३१ सय ९२ मतले पछि पारेकी छिन् ।

रेनुले २१ हजार २६७ मत ल्याउँदा सुवेदीको भने १८ हजार ७५ मत रहेको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ७ हजार ९८३ मत रहेको छ ।

यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी २३ हजार ४८७ मतले अगाडि छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले १४ हजार १४४ मत पाएकी छिन् ।

  • ६ जेष्ठ २०७९, शुक्रबार १५:४० प्रकाशित