अघिअघि कांग्रेस पछिपछि एमाले : हालसम्म कुन पार्टीले कति पालिका जिते (परिणामसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

देशभर मतगणना जारी छ । जारी मतगणनामा धमाधम मतपरिणाम सार्वजनिक भईरहेको छ। सार्वजनिक भएको मतपरिणाम अनुसार कांग्रेसले सबैभन्दा धेरै पालिका जितेको छ । भने धेरै स्थानमा अग्रता लिइरहेको छ। एमालेले भने कांग्रेसलाई पछ्याइरहेको छ ।

हालसम्म कांग्रेसले २८७ पालिका प्रमुख जितेको छ । त्यस्तै २५८ उपप्रमुख जितेको छ । एमालेले १७९ पालिका प्रमुख र २०१ उपप्रमुख जितेको छ ।

माओवादी केन्द्रले ११२ प्रमुख र १२० उपप्रमुखमा जितेको छ । यस्तै जसपाले २० प्रमुखमा र २२ उपप्रमुखमा जित निकालेको छ ।एकीकृत समाजवादीले १४ प्रमुख र १९ उपप्रमुख जितेको छ भने लोसपाले ८ प्रमुख र ८ उपप्रमुखमा जित दर्ता गरेको छ ।

राप्रपाले ४ प्रमुख र ४ उपप्रमुख, विवेकशील साझाले १ प्रमुख र १ उपप्रमुख, राष्ट्रिय जनमोर्चाले ४ प्रमुख र ३ उपप्रमुख , नेपाल मजदुर किसान पार्टीले १ प्रमुख र १ उपप्रमुख , जनमत पार्टीले २ प्रमुख र १ उपप्रमुख जितेको छ ।

यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीले १ पालिका प्रमुख ,नागरिक उन्मुक्ति पार्टीले ३ पालिका प्रमुख र २ उपप्रमुख , स्वतन्त्रले ८ प्रमुख र ३ उपप्रमुख जितेको छ ।

  • ६ जेष्ठ २०७९, शुक्रबार १५:२१ प्रकाशित