बलात्कारविरूद्ध प्रधानमन्त्री निवासअघि नाराबाजी

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि बलात्कारविरूद्धमा युवाहरूले प्रदर्शन गरेका छन्।

एक युवतीले सामाजिक सञ्जालमा ब्युटिप्याजेन्टको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको बताएकी थिइन्।

प्रदर्शनकारीहरूले पुँजीवादी पितृसत्ता मुर्दावाद, दोषीलाई कारबाही गर, बलात्कार मुद्दामा उजुरी गर्नेलाई हदम्याद हटाऊ, न्याय पाउन म्याद किन, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्ने फास्ट ट्रयाक अदालतको स्थापना गरलगायत नारा लेखिएका प्लेकार्ड बोक्दै उनीहरूले प्रदर्शन गरेका थिए।

  • ६ जेष्ठ २०७९, शुक्रबार १४:१७ प्रकाशित