काठमाडौं ।
कतार विश्वकप फुटबल २०२२ मा पहिलो पटक महिला रेफ्रीले खेल खेलाउने भएकी छिन् ।
कतारमा आयोजना हुने फिफा विश्वकपमा पहिलो पटक महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका हुन् । फिफाले यो विश्वकपबाट तीन जना महिला रेफ्रीलाई समाहित गरेको छ।
फिफाले विश्वकपका लागि छनोट भएका ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ भिडियो म्याच अफिसियल छनोट गरेको छ ।विश्वकपका लागि छनोट भएका रेफ्रीहरुमा फ्रान्सकी स्टेफनी फ्रापर्ट, रुवान्डाकी सालिमा मुकानसंगा र जापानकी योशिमी यामाशिता रहेकी छिन् ।
कतार विश्वकप आगामी २१ नोभेम्बरबाट सुरु हुनेछ ।