जेठ ११ बाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन

केन्द्रभाग मिडिया

पोखर ।
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गतेबाट सुरु हुने भएको छ । जेठ ११ गते दिनको १ बजे बैठका लागि प्रदेश प्रमुखले अधिवेशन आव्हान गरेका हुन् ।

प्रदेश सरकारको जेठ ५ गते बसेको मन्त्रिपरिषदको सिफारिस अनुसार प्रदेश प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन् । सरकारले

जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी गरेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ ।

  • ५ जेष्ठ २०७९, बिहीबार १९:१५ प्रकाशित