पोखरामा धनराजले बढाए मतान्तर : उपमेयरमा मञ्जु परिन् पछि

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले फेरि मतान्तर मतान्तर फराकिलो पारेका छन् ।

पोखरामा ५५ हजार २६७ मतगणना हुँदा आचार्यले २२ हजार ८५२ मत ल्याएका छन् । एमालेका कृष्ण थापाले २० हजार १३२ मत ल्याएका छन् । आचार्यले २ हजार ७ सय २० मतान्तरले थापालाई पछि पारेका हुन् । यसअघि ५२ हजार मतगणना हुँदा २ हजार ४९५ मतले आचार्य अगाडि थिए ।

उपमेयरमा भने प्रतिस्पर्धात्मक देखिएको छ । यसअघि एमालेकी उपमेयर मञ्जुदेवी गुरुङ ९ मतले अगाडि थिइन् । अहिले भने कांग्रेसकी कोपिला रानाभाटले मञ्जुलाई १ सय ४३ मतले पछि पारेकी छन् । रानाभाटले २३ हजार १६४ मत ल्याउँदा गुरुङले २३ हजार २१ मत ल्याएकी छन् ।

मेयरमा राप्रपाका शंकर खरालले २ हजार ३०४ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार गनेस पौडेलले १ हजार ३१२ मत ल्याएका छन् । उपमेयरमा राप्रपा उम्मेदवार रञ्जना सेनले २ हजार ९९ मत पाएकी छन् ।

  • ५ जेष्ठ २०७९, बिहीबार १७:१४ प्रकाशित