पल शाहको मुद्दाको सुनुवाई स्थगित

केन्द्रभाग मिडिया

पोखरा ।

जबरजस्ती करणी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको सुनुवाई स्थगित भएको छ ।

आज हुने भनिएको सुनुवाई एक सातासम्मलाई स्थगित भएको उच्च अदालत, पोखराले जानकारी दिएको छ । अब उनको मुद्दाको सुनुवाई अर्को हप्ता बिहीबार हुने भएको छ ।

उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो ।

नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेश विरुद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए ।

  • ५ जेष्ठ २०७९, बिहीबार १६:३४ प्रकाशित