टी–२० : युगान्डासँग ६ विकेटले हार्‍यो नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

घरेलु मैदानमा आयोजना भएको टी–२० अन्तर्राष्ट्रिय शृङखलाको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी पाँच खेलको शृङखलाको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भएको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर युगान्डासामु सय रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले दिएको लक्ष्य युगान्डाले १८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालले युगान्डाविरुद्ध टी–२० शृङखलाको चौथो खेल शुक्रबार र पाँचौं खेल शनिवार खेल्नेछ ।

  • ५ जेष्ठ २०७९, बिहीबार १६:२२ प्रकाशित