काठमाडौं ।
अभिनेत्री सुरक्षा पन्त विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली एक्ट्रेस बनेकी छन् ।
उनी अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ गएराति प्रिमियर भएको छ ।कान्समा पुगेकी सुरक्षाले रेडकार्पेटमा वाक गर्दा रातै गाउन लगाएकी थिइन् । सो गाउनमा सुरक्षा निकै सुन्दर देखिएकी थिइन् ।
कान्समा भाग लिनैको लागि सुरक्षा हिजो दिउँसो इटालीको रोम हुँदै फ्रान्स पुगेकी थिइन् । नेपाल र इटालीका हिमालयमा छायांकन गरिएको फिल्ममा सुरक्षाको समेत मुख्य भूमिका छ ।
यसपटक कान्समा दुई इतिहास बनेका छन् । पहिलो, कान्समा छानिने पहिलो नेपाली फिल्म बनेको छ लोरी । दोस्रो, सुरक्षा कान्स रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली अभिनेत्री बनिन् ।
१२ दिनसम्म चल्ने कान्समा यसपटक २५ फिल्म मुख्य विधामा प्रतिस्पर्धामा उत्रिएका छन् ।