काठमाडौं।
चार विदेशी वायुसेवाले नेपालमा उडान भर्नको लागि अनुमति लिएका छन् ।
आरआर ग्रुप अफ कम्पनीजको भगिनी कम्पनी सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवी चन्द्र सिंहका अनुसार आउँदो पाँच महिनाभित्र नेपाली उड्डयन उद्योगमा कम्तिमा चारवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी थपिने भएका हुन्। ती वायुसेवा कम्पनीहरुमध्ये केहीले व्यवसायिक उडानको अनुमति समेत लिइसकेको बताइएको छ ।
हङ्गेरीको विज एयर, भारतको गो एयर, थाइल्याण्डको थाइ स्माइल, इण्डोनेशियाको गरुडा एयर लगायतका वायुसेवा कम्पनीले आफ्नो नियमित व्यवसायिक उडानका लागि अनुमति लिइसकेको अध्यक्षले सिंहले जानकारी दिएका छन् ।
दक्षिण अफ्रिकाको अल्ट्रा लो कस्ट एयरलाइन्स विज एयरले सेप्टेम्बरबाट साताको सातवटा उडान भर्न पाउने भएको छ । विजले एयरबसको ३२१ निओ सिरीजको जहाज संचालनमा ल्याउने योजना बनाएको छ।
इण्डोनेशियाको गरुडा एयरले अक्टोबरबाट, भारतीय वायुसेवा कम्पनी गो एयरले जुलाइ पहिलो साताबाट उडान भर्ने भएको छ। यसैगरी थाइ स्माइलको उडान आउँदो साताबाट सुरु हुने भएको छ । कोरोना संक्रमण लगभग नियन्त्रणमा आएसँगै नेपालमा उडान भर्नका लागि विदेशी वायुसेवा कम्पनीहरुले चासो देखाएका हुन्।
विमानस्थलका अनुसार हाल नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, कतार एयरवेज, एयर इण्डिया, इण्डिगो, भिस्तारा, फ्लाइ दुबाई, एयर अरेबिया, सलाम एयर, टर्किस एयरलाइन्स, जजिरा एयरलाइन्स, विमान बङ्गलादेश, कोरियन एयर, क्याथे प्यासिफिक, भुटान एयर, सिंगापुर एयरलाइन्स, मलेसियन एयरलाइन्स, बाटिक एयर, टर्किस एयरलाइन्स, श्रृलंकन एयरलाइन्स लगायतले नियमित उडान गर्दै आएका छन्।