पोखरा ।
पोखरा वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
वडाध्यक्ष विष्णु बरालले नेपाली कांग्रेसका उम्मेदवार प्रमोद कोइरालालाई हराएका हुन् । बराले १ हजार ९७२ मत ल्याउँदा कोइरालाले १ हजार १ मत पाएका छन् । त्यसै गरी खुल्ला सदस्यमा गोविन्द्र प्रसाद पराजुली र मणीराम बराल विजयी भएका छन् ।
महिला सदस्यमा कल्पनाकुमारी थापा र महिला दलित सदस्यमा हरिमाया विश्वकर्मा विजयी भएका छन् ।














