पोखरा ।
काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह(बालेन) को मत बढेको बढ्यै छ ।
मतगणनाको सुरुवातदेखि पिकअप लिएको बालेनको मतमा ब्रेक लागेको छैन । हालसम्मको मतगणनामा बालेनले १५ हजार ४०२ मतले अग्रता कायम राखेका छन् ।
मेयरका उम्मेदवार एमालेका केशव स्थापितले ८ हजार २८८ मत पाएका छन् । जुन बालेनको भन्दा ७ हजार ११४ मतले कम हो । यस्तै नेपाली कंग्रेसकी सिर्जना सिंहले ७ हजार २९० मत प्राप्त गरेकी छिन् ।
उपमेयर पदमा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मतसहित अगाडी छिन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ३ हजार ६१४ मत ल्याएका छन् ।
उनलाई राष्ट्रिय प्रजातन्त्रकी विनिता मगैयाले २ हजार ६२८ मतले पछ्याइरहेकी छिन् । भने अर्का उम्मेदवार विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरले खाता खोल्न सकेकी छैनन् ।














