पोखरामा धनराजलाई झण्डै दुई हजार मतको अग्रता (परिणामसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा हालसम्म ३४ हजार ६१३ मत गणना गर्दा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारले अग्रतालाई बढाउँदै लगेका छन् ।

गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले १४ हजार ३६२ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् ।

उनलाई एमालेका मेयर उम्मेदवार कृष्ण थापाले १२ हजार ५१७ मतसहित पछ्याइरहेका छन् । थापा आचार्यसंग एक हजार ८४५ मतले पछाडी परेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ४८३ र अटेरी उम्मेदवार गनेस पौडेलले ८१५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । रानाभाटले १४ हजार ६८५ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी एमालेकी उपमेयर उम्मेदवार मञ्जु गुरुङले १४ हजार २७५ मत ल्याएर पछ्याईरहेकी छन् ।

रानाभाट भन्दा गुरुङ गुरुङ ३९० मतले पछाडी छन् । राप्रपाकी रञ्जना सेनले १ हजार २ सय ६३ मत प्राप्त गरेकी छन् ।

 

  • ४ जेष्ठ २०७९, बुधबार ०७:३८ प्रकाशित