अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा बढयो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडाबृद्धि भएको छ । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणलीअनुसार स्वचालित रूपमा अन्तर प्रदेश यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरे अनुरुप भाडा बृद्धि भएको हो ।

इन्धनको मूल्य बढेसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा ३.५ प्रतिशत भाडादर वृद्धि भएको छ । यातायात व्यवस्था विभागले जेठ ४ गतेदेखि लागू हुने गरी यात्रुवाहकमा ३.५ प्रतिशत, पहाडी बाटोमा चल्ने (मालवाहक)मा ४.६ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडादर वृद्धि गरेको छ ।

पछिल्लो समायोजनमा आधार लिइएको मूल्यभन्दा १०.८६ प्रतिशत पुगेकाले दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुटमा) सञ्चालन हुने यातयातको भाडादर स्वचालित प्रणालीअनुसार समायोजन गरेको विभागले जनाएको छ ।

अन्तरप्रदेशभाडादर

  • ३ जेष्ठ २०७९, मंगलवार २०:३३ प्रकाशित