मादी गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको मादी गाउँपालिकामा नेपाली कांग्रेसका देवीजंग गुरुङ अध्यक्षमा विजयी भएका छन् । आज(मंगलबार) दिउँसो आएको मतपरिणाम अनुसार गुरुङले नेकपा एमालेका शिवबहादुर गुरुङलाई ९ सय ३० मतले हराउँदै विजयी भएका हुन् । देवीजंगले ६ हजार ५८४ मत पाउँदा शिवबहादुरले ५ हजार ६५० मत पाएका छन् ।

यस्तै नेकपा एमालेकी कल्पना गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् ।कल्पना गुरुङले नेकपा माओवादीका लालबहादुर गुरुङलाई पराजित गरेका हुन् । एमालेकी कल्पनाले ५ हजार ८२८ मत पाउँदा माओवादीका लालबहादुरले ५ हजार ६१६ मत पाएका छन् । मादीमा नेकपा माओवादी र नेपाली कांग्रेसले तालमेल गरेका थिए ।

मादीका १, २, ३, ५ र ११ नम्बर वडामा नेपाली कांग्रेसले तथा ४, ६, ८ र ९ मा नेकपा एमालेले जितेका छन् । वडा नम्बर ७ र १२ मा नेकपा माओवादी विजय भएको छ ।

  • ३ जेष्ठ २०७९, मंगलवार १५:२८ प्रकाशित