एमालेको मत बढाएर राखेको भन्दै कांग्रेसको विरोध, गणना रोकियो

केन्द्रभाग मिडिया

बुटवल ।

एमालेको मत बढाएको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ ।

तिलोत्तमा नगरपालिकाको स्थानीय तह निर्वाचनको मत गणनाका क्रममा गणकहरुले बदमासी गरेर एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको भन्दै कांग्रृेसले विरोध गरेपछि मतगणना स्थगित भएको बताइएको छ ।

वडा नंं. १६ को मत गणनाका क्रममा गणकहरुले नेकपा एमालेका उम्मेदवारको मत बढाएर र नेपाली कांग्रेसको मत घटाएर अभिलेख राखेको भन्दै कांग्रेस कार्यकर्ताहरुले नाराबाजी गरेपछि गणना स्थगित भएको हो ।

कांग्रेसका उम्मेदवारको १४१ मत आएकोलाई ११४ भनेर तथा एमाले उम्मेदवारको १६६ मत आएकोलाई १९६ भनेर अभिलेख राखेको पाइएको कांग्रेसको आरोप छ ।

निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले पनि अभिलेख राख्ने क्रममा त्रुटी भएको स्वीकार गरेका छन् । स्थगित मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

  • ३ जेष्ठ २०७९, मंगलवार १४:२८ प्रकाशित