मादीमा कांग्रेसका देवी जंगको जित सुनिश्चित, उपाध्यक्षमा कल्पनालाई पच्छाउदै लालबहादुर

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको मादी गाउँपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मत परिणम अनुसार नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार देवी जंग गुरुङले निरन्तर अग्रता लिइरहेका छन् । नेकपा एमालेका शिव कुमार गुरुङलाई देवीले ९२९ मतले पछि पारेका छन् ।
देवीले ६ हजार मत प्राप्त गरेका छन् भने, एमालेका शिव गुरुङले ५ हजार १७१ सहित पच्छाइरहेका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवारमा कल्पना गुरुङले अग्रता लिएकी छन् । गुरुङले ५३२५ मत प्राप्त गरेकी छिन् । उनलाई पच्छाउदै नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङले ५ हजार १४१ मत प्राप्त गरेका छन् ।

मादीका १२ वडा मध्य ११ वटा वडाको मतगणना सकिएको छ । अहिले १२ नम्बर वडाको मत गणना भइरहेको छ । चार सय मत गणना गर्न वाकीँ रहेको

 

  • ३ जेष्ठ २०७९, मंगलवार ११:३१ प्रकाशित