ढोरपाटनको मेयरमा एमालेका देवकुमार नेपाली विजयी

केन्द्रभाग मिडिया

बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा एमालेका देवकुमार नेपाली विजयी भएका छन् ।

नेपाली माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् । नेपालीले ५७३५ मत ल्याउँदा अर्यालले ५१३५ मत ल्याए । नेपाली अघिल्लो पटक पनि मेयरमा निर्वाचित भएका थिए ।

यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका धनबहादुर कायत ५६५० मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ४८८४ मत पाए ।

  • ३ जेष्ठ २०७९, मंगलवार १०:२१ प्रकाशित