धेरै पालिका जितेर कांग्रेस अग्रस्थानमा, उपप्रमुखमा पनि कांग्रेसकै अग्रता

केन्द्रभाग मिडिया

पोखरा ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना जारी छ ।

देशभर जारी मतगणनामा हालसम्म काँग्रेसले धेरै पालिका जितेको छ ।

कांग्रेसले हालसम्म देशभरका ११९ पालिका प्रमुख र ११४ उपप्रमुखमा जितेको छ । नेकपा एमालेले ७२ पालिका प्रमुखमा जित हासिल गरेको छ । उपप्रमुखमा ७३ स्थानमा विजयी भएको छ ।

माओवादी केन्द्रले ५७ प्रमुख र ५६ उपप्रमुखमा जित हात पारेको छ । एकीकृत समाजवादीले ४ पालिका प्रमुख र ८ उपप्रमुखमा जितेको छ ।

जारी मतगणनामा हालसम्म काँग्रेसले धेरै पालिका जितेको छ । कांग्रेसले हालसम्म देशभरका ११९ पालिका प्रमुख र ११४ उपप्रमुखमा जितेको छ । नेकपा एमालेले ७२ पालिका प्रमुखमा जित हासिल गरेको छ । उपप्रमुखमा ७३ स्थानमा विजयी भएको छ ।

माओवादी केन्द्रले ५७ प्रमुख र ५६ उपप्रमुखमा जित हात पारेको छ । एकीकृत समाजवादीले ४ पालिका प्रमुख र ८ उपप्रमुखमा जितेको छ ।

जसपाले २ प्रमुख र ३ उपप्रमुख जितेको छ लोसपाले भने अझै खाता खोल्न सकेको छैन ।

जारी मतगणनामा नेपाली काँग्रेसले धेरै पालिकामा अग्रता लिइरहेको छ भने नेकपा एमालेले पछ्याइरहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार यो समाचार तयार पार्दा सम्म कांग्रेसले १९२ पालिका प्रमुखमा अग्रता लिएको छ भने १५७ उपप्रमुखमा अगाडी छ ।

यस्तै नेकपा एमाले १२३ पालिका प्रमुखमा अगाडी छ । उपप्रमुखमा १४२ स्थानमा अघि छ।माओवादी केन्द्रले ६२ पालिका प्रमुख र ८३ उपप्रमुखमा अग्रता लिइरहको छ ।

जसपाले ३० पालिका प्रमुख र ३५ उपप्रमुखमा अगाडि छ । एकीकृत समाजवादी १६ पालिका प्रमुख र १२ उपप्रमुखमा अगाडि छ । लोसपा १४ प्रमुख र १३ उपप्रमुखमा अगाडि छ ।

 

  • ३ जेष्ठ २०७९, मंगलवार १०:०२ प्रकाशित