पोखरा–४ मा कांग्रेस उम्मेदवारको अग्रता

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर ४ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार देवकृष्ण पराजुलीले अग्रता लिएका छन् । पराजुलीले तीन सय मत गणना हुदाँ १५५ मत प्राप्त गरेका छन् ।

त्यस्तै ४ सदस्यमा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । महिला सदस्यले १६६, दलित महिला सदस्यले १७१ र दुइ खुल्ला सदस्यले क्रमस १७३ र १६८ मत पाएका छन् ।

वडाध्यक्षमा एमालेका उम्मेदवार मदन कुमार मुल्मीले पच्छाइरहेका छन् । मुल्मीले १२१ मत पाएका छन् ।

 

  • २ जेष्ठ २०७९, सोमबार १७:२२ प्रकाशित