बालेनको जितहारमा बाजी राख्ने दुई पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

काठमाडौं ।

स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको जितहारमा बाजी राख्ने दुई जना पक्राउ परेका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र सोही वडाका विजय फुयाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उनीहरुले हिलो (आइतबार)कागज नै गरेर बाजी राखेका थिए ।उनीहरुलाई आज(सोमबार) दिउँसो पक्राउ गरेको खोटाङका डीएसपी उमेश लम्सालले बताएका छन्।

बालेन शाह काठमाडौं महानगर प्रमुखमा विजयी भए रमेशले २८ केजीको खसी विजयलाई दिने भनी कागज गरि उनीहरुले बाजी राखेका हुन् ।

बालेन शाह हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने कागजमा उल्लेख छ । कागज उनीहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका थिए।

  बाजिराख्नु गैरकानुनी  हो ।

  • २ जेष्ठ २०७९, सोमबार १६:१९ प्रकाशित