भिरकोट नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका कर्माचार्य र अर्याल विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जाको भिरकोट भिरकोट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसबाट मेयरमा उम्मेदवार बनेका गोविन्द कर्माचार्यले मेयरमा र भगवती अर्याल उपमेयरमा विजयी भएका हुन्।

कर्माचार्यले ६ हजार ५०४ मत ल्याई निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत ल्याएका छन् ।

निकटतम प्रतिस्पर्धी सरस्वती अधिकारी उपप्रमुखमा नेपाली काँग्रेसकी भगवती रेग्मी ७ हजार १९७ मतसहित निर्वाचित भइन् ।

अधिकारीले ४ हजार ९२८ मत प्राप्त गरेकी छन् । ९ वडा रहेको भिरचोकमा कांग्रेसले ८ वटा वडामा पुरै टिम विजयी भएका छन् । भने वडानम्बर ८ मा एमालेका उम्मेदवार विजयी भएका छन्, ४ सदस्य भने कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

  • २ जेष्ठ २०७९, सोमबार १७:२४ प्रकाशित