गल्याङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेस विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
गल्याङ नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा गुरु प्रसाद भट्टराई ९ हजार ६२१ मतसहित बिजयी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुर्य प्रसाद गैह्रेले ८ हजार ९२२ मत पाएका छन् ।

यस्तै उप प्रमुखमा नेपाली काङ्ग्रेसका हेमा न्यौपानेले ९११८ मत सहित बिजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देबिसरा थापाले ९ हजार ५५ मत ल्याएका छन् ।

गल्याङमा २०७४ को निर्वाचनमा एमालेले मेयर उपमेयर जितेको थियो ।

  • २ जेष्ठ २०७९, सोमबार १५:४७ प्रकाशित