पोखरामा गठबन्धनका उम्मेदवार आचार्यले मतान्तर बढाए, कोपिलाले घटाइन्

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ५ हजार ७ मत ल्याएका छन् ।

पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र २५ को ११ हजार ५ सय ९३ मतगणनामा आचार्यले ५ सय ४ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थापाले ४ हजार ५ सय ३ मत प्राप्त गरेका छन् । राप्रपा शंकर खराल ४ सय ४१ मत र स्वतन्त्र खड्कराज पौडेल गनेश २ सय २ मत ल्याए ।

उपमेयरमा नेपाली काग्रेसकी कोपिला रानाभाटले ५ हजार ६४ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जु गुरुङले ५ हजार १ सय १० मत प्राप्त गरेकी छन् । मन्जुले कोपिलालाई पछि पारेकी छन् ।

कोपिलाको भन्दा मन्जुले ४६ मतले पछि पारेकी हुन् । पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन् । अहिले १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

 

  • २ जेष्ठ २०७९, सोमबार १६:२६ प्रकाशित