सर्लाहीमा नेकपा एमालेले एक मतले जितेपछि कांग्रेस कार्यकर्ताले चक्काजाम गरेका छन् ।
हरिवन नगरपालिकामा एमालेका उम्मेदवार निरध्वज कार्की एक मतले विजयी भएका छन् । कांग्रेसका कार्यकर्ताले पुन मतगणनाको माग गर्दै राजमार्गमा टायर बालेर चक्काजाम गरेका हुन्।
वडा नम्बर ७ को अन्तिम मतपरिणाम अनुसार कांग्रेसका अशोक थापाले ३७८ ल्याउँदा एमालेका कार्कीले ३७९ मत प्राप्त गरी विजयी भएका छन्।
गणनामा त्रुटी भएको भन्दै कांग्रेसले पुनः मतगणना गर्नुपर्ने माग गरेका छन् । कांग्रेसी कार्यकर्ताले मतगणनास्थल ईलाका प्रशासन कार्यालयमा ढुंगमुढा समेत गरेको बताइएको छ ।
सुरक्षाकर्मीले ढुंगामुढा गर्नेलाई धपाउन २ सेल अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ।