मादी गाउँपालिकामा कांग्रेसका देवी जंगको अग्रता कायमै, महेन्द्र पछि पछि

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको मादी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवी जंग गुरुङले अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेन्द्र गुरुङले पच्छाइरहेका छन् । देवी जंगले ३ हजार ५३५ मत पाउदा महेन्द्रले ३ हजार ११९ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षका लागि नेकपा एमाले उपाध्यक्षका उम्मेदवार कल्पना गुरुङले अग्रता लिइरहेकी छन् । उनलाई नेकपा माओवादी केन्द्रका लाबहादुर गुरुङले पच्छाइरहेका छन् । कल्पनाले ३ हजार ३३५ प्राप्त गरेकी छन् भने लालबहादुरले २ हजार ७८८ मत पाएका छन् ।

मादीमा ६ वटा वडाको मतगणना सकिएको छ । अब ६ वटा वडाको मतगणना बाकीँ छ ।

 

  • २ जेष्ठ २०७९, सोमबार १४:१५ प्रकाशित