भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि

केन्द्रभाग मिडिया

चितवन ।

चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदी अगाडी आएका छन् ।

गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादीकी रेनु दाहाललाई पछी पार्दै सुवेदीले अग्रता कायमै राखेका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा एमालेका मेयर उम्मेदवार सुवेदी ७ मत अन्तरले अगाडि छन् ।

पछिल्लो परिणाम अनुसार सुवेदीले ४ हजार १४८ मत पाउँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ४ हजार १४१ मत पाएका छन् ।

नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७२१ मत पाएका छन् ।उमपेयर तर्फ नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४ हजार ६७१ मत पाएका छन् । यसैगरी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ३ हजार ५५८ मत पाएकी छन् ।

  • २ जेष्ठ २०७९, सोमबार १३:०९ प्रकाशित